गान्तोक: प्रतिष्ठित गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको ४०औं संस्करण ८ नोभेम्बरदेखि गान्तोक (सिक्किम)-को पाल्जोर स्टेडियममा शुरु हुनेछ। चार सालको ब्रेकपछि गवर्नर्स गोल्ड कपको ४०औं संस्करण भव्यताको साथ सम्पन्न गर्न आयोजक सिक्किम फूटबल एसोसिएशन (एसएफए) तयार रहेको छ। टुर्नामेण्टको आउँदो संस्करणमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिनेछ। यसमा चारवटा विदेशी टीम- ट्रान्सपोर्ट युनाइटेड फूटबल क्लब (भूटान), रोयल फूटबल क्लब (यूएई), केडीएन एफसी (मलेशिया) र चर्च बोयज युनाइटेड (नेपाल) सामेल छन्। यसको साथमा सिक्किम पुलिस एफटी, कालीघाट एमएस, आर्मी (रेड), खावज्वाल भेंगथार एफसी (मिजोरम), जीटीए इलेभेन (दार्जीलिङ), गान्तोक हिमालयन फूटबल क्लब (सिक्किम),पञ्जाब पुलिस एफटी, चेन्नईयन एफसी (आर), गोकुलम केरला एफसी, नर्थईष्ट युनाइटेड एफसी (आर), सुदेवा एफसी (दिल्ली) र डायमण्ड हार्बर एफसी-को टीम सामेल छन्।

शुक्रवार टुर्नामेण्टको उद्घाटन म्याचमा सिक्किम पुलिस र कालीघाट मिलन समितिबीच भिड़न्त हुनेछ। यसरी जीटीए इलेभेनको पहिलो म्याच ९ नोभेम्बरमा गान्तोक हिमालयन फूटबल क्लबविरुद्ध रहेको छ। फाइनल २१ नोभेम्बरमा खेलिनेछ।