दुबई: न्यूजील्याण्डविरुद्ध घरेलु टेस्ट सीरीजमा ०-३-ले निराशाजनक हारपछि भारतले वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) टेबलमा आफ्नो शीर्ष स्थान गुमायो। अहिले अष्ट्रेलिया शीर्ष स्थानमा पुगेको छ। यसरी भारतको निम्ति अहिले डब्ल्यूटीसी फाइनल खेल्ने लक्ष्य चटारो बन्न पुगेको छ। भारतले अब डब्ल्यूटीसी फाइनल खेल्न अष्ट्रेलियामा ५ वटा टेस्ट म्याचको सीरीजमा कम्तीमा ४ म्याचको अन्तरले जित्नु पर्नेछ। भारतले मुम्बईमा खेलिएको तेस्रो क्रिकेट टेस्ट म्याचमा न्यूजील्याण्डविरुद्ध २५ रनले हारको सामना गर्नु पऱ्यो। यस हारको साथै भारतले न्यूजील्याण्डविरुद्ध सीरीजमा ०-३-ले व्हाइटवाशको सामना गर्नु पऱ्यो। भारतले यसअघि १९९९-२०००-मा पनि दक्षिण अफ्रिकाविरुद्ध व्हाइटवाशको सामना गर्नु परेको थियो तर त्यो २ वटा टेस्ट म्याचको सीरीज थियो। यसरी भारतले आफ्नो क्रिकेट इतिहासमा ३ या त्यसभन्दा अधिक म्याचको टेस्ट सीरीजमा पहिलोपल्ट व्हाइटवाशको सामना गर्नु पऱ्यो। डब्ल्यूटीसी-को जारी चक्रमा यो भारतको पाँचौं हार हो। यसले टीमको अंक प्रतिशत (पीटीसी)-मा ह्रास आएको छ। भारतको अंक प्रतिशत ६२.८२-बाट घटेर ५८.३३ भएको छ। यसले गर्दा भारत अहिले वर्तमान च्याम्पियन अष्ट्रेलियापछि दोस्रो स्थानमा रहन पुगेको छ। अष्ट्रेलियाको पीटीसी ६२.५० रहेको छ।
भारतीय टीम अब ५ वटा टेस्ट म्याचको सीरीज (बोर्डर-गावस्कर ट्रफी) खेल्न अष्ट्रेलिया जानेछ। यस सीरीजको महत्त्व अहिले दुवै टीमको निम्ति बढ़ेको छ कारण दुवै टीमले शीर्ष स्थानको निम्ति प्रतिस्पर्धा गर्नेछ। डब्ल्यूटीसी फाइनलमा स्थान पक्का गर्न भारतले अब अष्ट्रेलियालाई कम्तीमा ४-०-को अन्तरले पराजित गर्नु पर्नेछ कारण यस्तो भए उनीहरूको पीटीसी ६५.७९ पुग्नेछ। सीरीजमा २-३-ले पराजित भए पनि भारतको निम्ति दोस्रो स्थानमा रहनु मुश्किल हुनेछ। यसको निम्ति न्यूजील्याण्डले ईंग्ल्याण्ड र दक्षिण अफ्रिकाविरुद्ध सीरीज ड्र गर्नु पर्नेछ। यसबीच अष्ट्रेलियाको निम्ति लगातार दोस्रोपल्ट फाइनलमा स्थान बनाउन भारतविरुद्ध सीरीज कम्तीमा ३-२-को अन्तरले जित्नु पर्नेछ। यस्तो भए अष्ट्रेलिया शीर्षमा कायम रहनेछ कारण त्यसपछि श्रीलंकाविरुद्ध सीरीजको नतीजाले पनि कुनै फरक पर्नेछैन। यसबाहेक बाहिरका नतीजाहरूमाथि निर्भर हुनदेखि बाँच्न अष्ट्रेलियाले आफ्नो रहल ७ वटा टेस्टमा ५ वटा जित्नु पर्नेछ। यसबीच भारतविरुद्ध ऐतिहासिक सीरीज जीतपछि न्यूजील्याण्ड पनि फाइनल खेल्ने रेसमा सामेल भएको छ। न्यूजील्याण्ड ५४.५५ पीटीसी-को साथ चौथो स्थानमा पुगेको छ। यसरी श्रीलंका ५५.५६ पीटीसी-को साथ तेस्रो स्थानमा रहेको छ। अब ईंग्ल्याण्डविरुद्ध ३ वटा घरेलु टेस्ट म्याच बाँचेको हुनाले न्यूजील्याण्डले तीनैवटा टेस्ट म्याच जितेर आफ्नो सम्भावनालाई कायम राख्न सक्नेछ। यस्तो भए टीमको प्रतिशत ६४.२९ पुग्नेछ।
गत केही महिनामा आफ्नो उत्कृष्ट प्रदर्शनले उत्साहित श्रीलंका पनि फाइनल खेल्ने दावेदारीमा छ। टीमले दक्षिण अफ्रिका र अष्ट्रेलियाविरुद्ध ४ वटा टेस्ट म्याच खेल्नेछ। यसमा चारैवटा टेस्ट म्याच जिते टीमले ६९.२३ पीटीसी-को साथ फाइनलमा स्थान बनाउनेछ। दक्षिण अफ्रिका ५४.१७ पीटीसी-को साथ पाँचौं स्थानमा रहेको छ। उनीहरू पनि शीर्ष २-मा पुगेर आउँदो साल लर्ड्समा फाइनल खेल्ने रेसमा सामेल छ। दक्षिण अफ्रिकाले अब श्रीलंका र पाकिस्तानविरुद्ध ४ वटा टेस्ट म्याच खेल्नेछ। यी चारैवटा टेस्ट म्याच जित्न सके टीमको प्रतिशत ६९.४४ पुग्नेछ।