धनगढ़ी: कैलालीमा जुवा र कौडा खेलेको आरोपमा २८ जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-७ गौरीचोकबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहोराले स्थानीय सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार बिहान उनीहरूलाई पक्राउ गरिएको बताए।
उनीहरूको साथबाट ८८ हजार दुई सय नगद र दुई गड्डी तास बरामद गरिएको बोहोराले बताए।