सुनसरी क्षेत्र नं. ३ मा चूची बुध्दिष्ट फाउण्डेशन ब्दारा एक सय सुरक्षित आवास निर्माण सुरू

IMG-20241104-WA0069

सुनसरी: दशकौंदेखि सुनसरी क्षेत्र नं. ३ को विकासमा अहोरात्र खटिएकी नेकपा एकीकृत मालेकी नेतृ, पूर्वमन्त्री प्रतिनिधि सभा सदस्य भगबती चौधरीको सपना थियो भूमिहिन नागरिकलाई आफ्नै घर बनाई दिने। यसका लागि नेतृ चाैधरीले धेरै अगाडीदेखि प्रयासहरू गरिरहेकि थिइन्। विगतमा व्यक्तिगत पहल र श्राेत साधनमा एकल महिलाहरूका लागि सुरक्षित घर बनाएर सहयाेग गरे पनि सयाैंकाे संख्यामा रहेका भुमिहिन, विपन्न नागरिकका लागि भने याे पटक ठूलै कार्य भएकाे छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुँदै गर्दा तत्कालिन अवस्थामै मन्त्री चौधरीले भुमिहिन र विपन्न नागरिका लागि राज्यसंग र विभिन्न दातृ निकायहरुसंग समन्वय र सहकार्यका प्रस्तावहरु अगाडी बढाएकि थिइन्। सो क्रममा चूचि बृद्धिष्ट फाउण्डेशनले सुनसरीका गरिब, विपन्न र सुकुम्बासी नागरिकलाई सुरक्षित आवास बनाइदिने प्रस्ताब ल्यायो। प्रस्तावलाई तत्कालै उनले अगाडी बढाइ दिइन्। मन्त्रालय, समाज कल्याण परिषद्का पदाधिकारी र कर्मचारीले पनि विशुद्ध सामाजिक कामका लागि प्रस्तावलाई कुनै रोकटोक नगरिकन सम्पूर्ण प्रक्रिया पुरा गरिदिए। मानव सेवाका लागि विश्वका १३४ वटा भन्दा बढी देशहरुमा निःस्वार्थ काम गर्दै आइरहेको चूचि फाउण्डेशनले ल्याएको प्रस्ताव अनुरुप आज सांसद चौधरी, फाउण्डेशनका पदाधिकारीहरु समेतले संयुक्त रुपमा इनरुवा नगरपालिका वडा नं. ७, चाँदवेलामा सुरक्षित आवास निर्माणको शिलान्यास समेत भएको छ। यो प्रोजेक्ट अन्तरगत सुनसरीको गढी गाउँपालिका, इटहरी उपमहानगरपालिका भित्रका भूमिहिनलाई एक सय घर निर्माण गरिनेछ। साथै, आगामी दिनमा पनि आवश्यक्ता र श्रोत साधनले भ्याएसम्म यस्ता कार्यक्रम सञ्चालन गरिने सांसद चौधरीले बताइन भने, फाउण्डेशनले पनि आउँदा दिनहरुमा पनि नेपाल र नेपालीको हित र मानव कल्याणमा काम गर्ने बताइरहेको छ। यो प्रोजेक्ट अगाडी बढाउन सांसद चौधरीले विशेष पहल र समन्वय गरेकी छिन्। स्थानीय तह, संघ सरकारसँग समन्वय गर्ने, दातृ संस्थासंग नियमित सम्पर्क समन्वय गर्ने, नीतिगत र कानुनी विषयहरुमा सहजीकरण गर्ने सवालमा उनले तदारुकता देखाएकै कारणले घर शिलान्यास भएको हो। ‘यस आवास परियाेजनाले यस क्षेत्रका गरिब, विपन्न र भूमिहिन नागरिककाे जीवनस्तर उकास्न याेगदान पुर्याउने विश्वास लिएकाे छु। आगामी दिनहरूमा यस क्षेत्रमा सामुदायिक भवन, स्कुल लगायतका संरचनाहरू निर्माण गर्नपनि सहयाेग हुने अपेक्षा गरेकाे छु।’ चाैधरीले भनिन्। साथै, उनले सुनसरीका विभिन्न स्थानमा एक हजार सुरक्षित आवास निर्माण गर्ने आफ्नाे लक्ष्य रहेकाे बताउँदै आउँदा दिनहरूमा लागि पर्ने बताइन्। उनले यस्ता परियाेजनाले अब्यवस्थित रूपमा रहेका बस्तीहरूलाई ब्यवस्थित गर्ने र भुमिहिनहरूकाे समस्यालाई समेत समाधान गर्ने विस्वास गरिन्। परियाेजना कार्यान्वयनकाे जिम्मेवारी पाएकाे फरवार्ड नेपालका कार्यकारी निर्देशक द्रव्यराज चाैधरीले इनरुवा नगरपालिका वडा नं. ७ चाँदबेलामा ३० घर, बर्जू गाउँपालिकामा ३० घर तथा गढी गाउँपालिकामा ४० घर निर्माण गरिने जानकारी दिए। आवास शिलान्यास कार्यक्रममा चूचि फाउण्डेशनकी उपाध्यक्ष लिन पाइ यू, काेशी प्रदेश सभा सदस्य राेहित कुमार कार्की, ग्रामिण महिला उत्सुकता विकास मञ्चकी अध्यक्ष राजकुमारी चाैधरी, मञ्चका कार्यकारी निर्देशक द्रव्यराज चाैधरी, इनरूवा नगरपालिकाका मेयर केदार भण्डारी, गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चाैधरी लगायत साे क्षेत्रका सयाैं नागरिककाे उपस्थिति रहेकाे थियाे। अबको एक वर्ष भित्र सो क्षेत्रमा एक सय सुरक्षित आवास निर्माण हुनेछन्। निर्माण हुने घरमा २ वटा कोटा, एउटा भान्सा कोठा, खानेपानीको ट्युवेल र शौचालय समेत रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement