फिदिम: पाँचथरको फिदिम नगरपालिका-४, मेची राजमार्गमा पाँचथर याङवरक-१ का २६ वर्षीय सुवास गुरुङले चलाएको डबल क्याप पिकअप अनियन्त्रित भई सडकबाट करिब ६० फिट तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा सामान्य चोट लागेकाहरूमा सलक्षना राई (३), सृष्टि राई (२०), सन्तोष राई (५४), बिना राई (४४), सन्देश बेघा (२७) र संगिता राई (२५) रहेका छन्।
घाइतेहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ भने सवारीसाधन घटनास्थलमै रहेकोले निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।