रुरल एडद्वारा बाल श्रममाथि सचेतना

b0ce3886-233e-4e25-9b06-b4535ae8849b

कालचिनी- बाल श्रम लगायत मानव तस्करी, बाल विवाह, साइबर क्राइममाथि पुलिस प्रशासनको सहयोगिता लिई गाउँले र पुलिसमाझको समन्वय स्थापित गर्दै सामाजिक अपराधहरूबाट सचेत गराउने उद्देश्यले रुरल एड नामक एउटा गैर सरकारी सङ्गठनले ग्लोबल फन्ड फर चिल्ड्रेनको सहयोगितामा विभिन्न ठाउँहरूमा सचेतना कार्यक्रम गर्दै आइरहेको छ। आज यसै क्रममा कालचिनी खण्डको गङ्गुटिया चियाबारीमा रुरल एडको पक्षबाट एउटा सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारी रुरल एडको कालचिनी ब्लक कोर्डिनेटर धीरज लेप्चाले दिएको छ।

आज उक्त सचेतना कार्यक्रममा गारोपाड़ा ग्राम पञ्चायत प्रधान बिन्दिया लामा लगायत कालचिनी थानाका पुलिस प्रतिनिधि एएसआई नरेन्द्रनाथ बर्मन, पञ्चायत सदस्य नारायण लामा, स्थानीय आशा र आईसीडीएस कर्मीहरू औ रुरल एडको सदस्यहरू रति लामा, सञ्जय लोहोरा, नित्यम घोष, पञ्चम मिञ्ज, अमृता भोक्ता, सुषमा लामा, रोजा लामा आदिको उपस्थिति रहेको थियो। कार्यक्रममा बाल तस्करीबारेमा उपस्थित कम्युनिटीका अभिभावक अनि विद्यार्थीहरूलाई रुरल एडको पक्षबाट रति लामा, सञ्जय लोहोरा र धीरज लेप्चाले सविस्तार बताएको थियो भने साइबर क्राइममाथि उपस्थित पुलिस प्रतिनिधि एएसआई नरेन्द्रनाथ बर्मनले पुलिसको मदत कसरी लिनेबारे बताएको थियो भने चाइल्ड लाइन हेल्पलाइन नम्बर १०९८ सबैलाई विदित गराएको थियो। सचेतना कार्यक्रम आइतबार डिमा चियाबारीमा पनि गरिएको र आज गङ्गुटिया चियाबारीमा सम्पन्न गरिएको र पुलिस प्रशासनको मदत लिएर औ गाउँले आशा, आईसीडीएस कर्मी औ ग्राम पञ्चायत सदस्यहरूको प्रयासमा चाइल्ड प्रोटेक्शन कमिटी गठन गर्ने उद्देश्य रहेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement