वीरपाडा: वीरपाडा राज्य साधारण अस्पताल परिसरमा कोभिड अस्पताल निर्माण हुन लागेको छ| राज्यका आदिवासी विकास मन्त्री बुलुचिक बडाइकले शुक्रबार अस्पतालको शिलान्यास गरे| तृणमूल जिल्ला सभापति प्रकाशचिक बडाइक,मदारीहाट वीरपाडा ब्लक सभापति जयप्रकाश टोप्पो, उपाध्यक्ष दीप नारायण सिन्हा, युवा सभापति विशाल गुरुङ, तृणमूल चा बागान श्रमिक सङ्घ उपाध्यक्ष उत्तम साहा, रविन राई आदि उपस्थित थिए|

मन्त्री बुलुचिक बडाइकले अस्पतालमा ५० बेडको अस्पताल हुने बताए| यसका लागि राज्य सरकारले ६ करोड १५ लाख रूपियॉं भवन निर्माणको निम्ति आवन्टन गरेको छ|
६ महिनाभित्र भवन निर्माण सम्पन्न हुनेछ| यसले वीरपाडा राज्य साधारण अस्पतालमा धेरै सुविधा हुनेछ| मन्त्रीले अहिले बेडको अभावमा वीरपाडा राज्य साधारण अस्पतालबाट बिरामीलाई रेफर गर्ने गरेको बताए| मन्त्रीले कोभिड अस्पताल उद्घाटन भएमा यो समस्या कम हुने बताए | तर अस्पताल स्रोतका अनुसार वीरपाडा राज्य साधारण अस्पतालले उक्त अस्पतालमा कोभिडका बिरामी बाहेक सामान्य बिरामी सेवा उपलब्ध हुने पाउने नपाउने भन्ने विषयमा शुक्रबारसम्म कुनै निर्देशिका नपाएको जनाएको छ|