चाल्सा चियाबारीबाट १२ फुट लामो किङ्ग कोब्रा उद्धार

चाल्सा: गरमको महीनामा चियाबारी क्षेत्रहरूमा विभिन्न प्रकारको सर्पहरू देखिन्छ| कहिले अजिङ्गर तर कहिले कोब्रा निस्कन्छ| आज मटेली क्षेत्रको चाल्सा चियाबारीको ८० नम्बर सेक्सनको नालामा लगभग १२ फुट लामो किङ्ग कोब्रालाई देख्दा चियाबारीमा काम गरिरहेको श्रमिक आतङ्कित बनेका थिए| चियाबारीमा काम गरिरहेको श्रमिकहरूले सरदारलाई यसको जानकारी दिएपछि तत्कालै चियाबारी प्रबन्धकलाई यसको जानकारी दिए| खबर पाएर चियाबारीको प्रबन्धकले यसको जानकारी वन विभागलाई दिए| खबर दिएतापनि समयसम्म वन विभाग आउन ढिलो गर्दा तत्कालै यसको जानकारी सर्प प्रेमी दिवस राईलाई दिए| जसले गत केही वर्षदेखि निःशुल्क केही स्थानमा सर्प उद्धार गरेर जङ्गलमा छोड्ने कार्य गरिरहेको छ|
खबर पाउन साथ सर्प प्रेमी दिवस राई चाल्सा चियाबारीको ८० नम्बर सेक्सनमा गएर किङ्ग कोब्रालाई उद्धार गर्‍यो| सर्प प्रेमी दिवस राईले भने, किङ्ग कोब्रालाई चप्रामारी जङ्गलमा छोडिने छ|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement