काठमांडू: अन्तर्राष्ट्रियस्तरमै चर्चित नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को रेसको उपाधि जितेकी छन्।
सुनमायाले शनिबार भएको एसियाकै प्रतिष्ठित र ठूलो रेस टिसाइगु ट्रेल रेसको १०५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन्। चिनियाँ धावक दोस्रो र तेस्रो भए।









