लेटाङ: मोरंगको लेटाङ नगरपालिका-९ मा नेपाली समुदायको सहयोगले एम्बुलेन्स सेवा सुरु भएको छ, जसले विपन्न, बिरामी, र अन्य सेवा आवश्यक व्यक्तिहरूको स्वास्थ्य सेवामा पहुँच बढाउने अपेक्षा गरिएको छ। विशेष गरी न्यूज़ील्यान्डमा परिवारसहित लामो समयदेखि बस्दै आएका कुमार कुरुम्बाङ (कुमार लिम्बु) सहित उनका साथी दाजुभाइ तथा दिदीबहिनीहरूको अथक सहयोगमा यो महत्त्वपूर्ण सेवा सुरु भएको हो।

यो अभियानमा स्थानीय समाजसेवी र जनप्रतिनिधि खेमराज (इन्द्र) ढकाल र कोरियामा रहेका चन्द्र फुयालको महत्त्वपूर्ण भूमिका रहेको छ।