केदारनाथको यात्रामा दुईजना गोर्खे साइकल सवार प्रस्थान

कालचिनी: विश्व शान्ति, प्रकृति संरक्षण र गोर्खाहरुको राजनैतिक समस्या समाधानलाई भाकेर आजदेखि डुवर्सका दुईजना गोर्खे युवक राजीव शर्मा गोर्खा र कृष्ण शर्मा डुवर्सको पुर्वी सीमान्त कुमारग्रामबाट साइकलमा सवार भएर केदारनाथको यात्रामा निस्किएका छन। डुवर्सको सुदुर कुमारग्रामको सुनकोश नदी र रायडक नदीको पानी संग्रह गर्दै कुमारग्रामको उत्तर हल्दीबारीबाट आज विहानै दुई भाई राजीव शर्मा गोर्खा र कृष्ण शर्माले यात्रा शुरु गरेको थियो भने आज अपरान्ह समय यी दुवै साइकल यात्री कालचिनी चौपति आईपुग्दा कालचिनी समाजसेवी पासाङ लामा र तिनको टोलीले स्वागत गर्दै शुभकामना टक्र्याएको थियो।
दुवैलाई कालचिनीका व्यावसायी औ युवा जमातले सुरक्षित यात्राको शुभकामना दिएको थियो। आज कुमारग्रामबाट ती दुवै साइकल यात्री मदारीहाटमा पुग्दा १०० किलोमीटरको बाटो तय गरेकोले रात्रि विश्राम मदारीहाट यूथ होस्टेलमा लिएको जनाएका छन्। साइकल यात्री राजीव शर्मा गोर्खा र कृष्ण शर्माले मूलतः विश्व शान्ति, प्रकृति संरक्षण साथै भारतीय गोर्खाहरुको स्थायी राजनैतिक समाधानको बाटो बाबा केदारनाथले खोलि दियोस भन्ने मनोकामना लिएर यो यात्रा शुरु गरिएको जनाएका छन।

प्रायः १८०० किलोमीटरको यात्रा कति दिनमा तय हुने हो यसको सठीक जानकारी नभएता पनि जस्तोसुकै परिस्थितिमा प्रतिबद्ध कसेर आफूहरु निस्किएको साइकल यात्री राजीव शर्मा गोर्खाले बताएका छन। सबै प्रकारको तयारी लिएर आफूहरुले आजदेखि यात्रा शुरु गरेको र यात्राको क्रममा डुवर्सको साँध सीमामा जति नदीहरु पर्छन सबैको जल संग्रह गर्दै लैजाने र पवित्र केदारनाथ धाममा यो जललाई चढ़ाउने दुवै साइकल यात्री राजीव शर्मा गोर्खा र कृष्ण शर्माले जनाएका छन। साइकल यात्रामा निस्कन लाग्दा सबै अग्रज दाजु र साथी भाईहरुले सकारात्मक उत्साह प्रदान गरेकोले यही उत्साह साँचेर आफूहरु लक्ष्यमा पुग्ने राजीव शर्मा गोर्खाले थप जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement