भाइटीकाको दिन यस्तो रहनेछ मौसम

IMG-20241031-WA0145

बिर्तामोड़: तिहारको भाइटीकाका दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भाइटीकाका दिन दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा, गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
भोलि राती देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान lमहाशाखाले तिहार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै नवंबर १ देखि ४सम्म देशका बिभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहने जनाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement