सुस्ता: पश्चिम नवलपरासीमा देउसी खेल्ने टोली बोकेको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
शनिबार साँझ साढे ५ बजे नवलपरासीको सुस्ता गाउँपालिका-३ विगेपस्थित भित्री सडकमा गुडरियाबाट नर्सही जाँदै गरेको लु ३ च ६०३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसमा सवार १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।