काठमांडू: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि एकपटक विमानमा बम राखिएको धम्की आएको छ। शनिबार एयर इन्डियाको विमानमा बम रहेको थ्रेट आएको हो।
दिल्ली उड्न लागेको विमानमा बम रहेको थ्रेट आएपछि सबै यात्रुलाई ओरालेर चेक जाँच गराइएको थियो। चेक जाँचपछि कुनै खतरनाक पदार्थ नभेटिएको प्रहरीले जनाएको छ।
यसअघि पनि एयर इन्डिया र भिस्ताराको जहाजमा बम राखिएको धम्की आएको थियो। ती विमानमा पनि बम भेटिएको थिएन।