चराइदेव: सोनारीको बरूवानगरमा विवेक एक्सप्रेसको चपेटमा परी एकजना युवकको मृत्यु भएको छ। बरूवानगर रेलवे स्टेशन नजिक मृतकको स्कुटी (एएस- ३३ए- ६१४०)-लाई जफ्त गरियो।
मृतकको पहिचान लंपतियाका बरहोला निवासी उत्पल चेतिलाको रूपमा भएको छ। पुलिसले लाशलाई जफ्त गरी पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। घटनाको सिलसिलामा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच शुरू गरिएको छ।