गान्तोक: नयॉं दिल्लीको वजिराबादमा तैनात फर्स्ट आईआरबीएनका अधिकारीहरू र जवानहरूले आज दिवाली मनाए। यस अवसरमा युसूफ भोटिया, डा. विकास गुरूङ तथा अन्यहरू विशेषरूपमा उपस्थित थिए।
बटालियनका जवानहरूले देउसी गीत प्रस्तुत गरेका थिए।कार्यक्रमको दोस्रो चरणमा बटालियनका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे।मुख्यमन्त्री प्रेमसिंह तामाङले बटालियनको निम्ति सङ्गीत वाद्य यन्त्र र साउण्ड सिस्टम उपलब्ध गराएको बताएको छ। बटालियनका कमान्डेन्ट पाल्देन भोटिया र सबैले मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गरेका छन्।