जोरहाट: राज्यको जोरहाटमा आज बिहान भएको भीषण आगलागीमा तीनवटा पसल जलेर खरानी भएको छ।यो घटनाको सूचना पाउनसाथ आगोलाई नियन्त्रण गर्नको लागि दमकलका वाहनहरू तत्कालै घटनास्थलमा पुगे जसले गर्दा आगो धेर फैलिन पाएन।आगलागीमा कुनै प्रकारको ज्यानहानि भएको समाचार छैन।स्थानीय मानिसहरू तथा दमकल वाहनहरूको तत्परताले आगोलाई नियन्त्रण गर्न सकियो। वरपरका प्रतिष्ठानहरूलाई आगोको चपेटमा पर्नदेखि बचाउन सकियो।