मणिपुर: केसीपीको‌ कार्यकर्ता पक्राउ

IMG-20241101-WA0222

इम्फाल: मणिपुर पुलिसले प्रतिबन्धित कांगलिपाक कम्युनिस्ट पार्टी (केसीपी)- का सदस्य सेनजाम सुरज मैतेई (२५)-लाई पक्राउ गरेको छ। पक्रा पर्ने क्याडर लामसांग क्षेत्रमा भएको एक आक्रमणको घटनामा सामेल थिए। गत ३१ अक्टोबरमा सेनापति जिल्लाका दुईजना मानिसहरूमाथि भएको आक्रमणको सिलसिलामा उसलाई पक्राउ गरिएको हो। पुलिसले मामिला दर्ता गरी आरोपीसित केसीपीका हिंसक गतिविधिहरूको सिलसिलामा जाँचबुझ गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement