चितुवाको डमरु कमानको सेक्सनमा, बन विभागले लियो तत्परता

कालचिनी: कालचिनी खण्डको हाँसीमारा संलग्न भर्नाबारी चियाबारीको २ नम्बर सेक्सनमा आज एउटा चितुवाको डमरु श्रमिकहरुले देख्दा यसको जानकारी कमान प्रबन्धनपक्ष मार्फत बन विभागलाई दिएको थियो। घटनास्थलमा बक्सा ब्याघ्र प्रकल्प पश्चिम अधीनस्थ पर्ने हेमिल्टनगञ्ज रेञ्जका बनकर्मीहरु पुगेर उक्त डमरुलाई सोही स्थानमा क्यामेरा लगाएर अवलोकनमा राखेको जनाएका छन।
बन विभागले जनाएअनुसार उक्त डमरुलाई त्यसको माउ आएर सुरक्षित स्थानमा लैजान सकोस भनेर कसैलाई डमरु बसेको ठाउँमा जान नदिएको र यसको निगरानीमा बनकर्मीहरु तैनात रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement