कालचिनी: भारतीय रेलवे प्यासेञ्जर सर्भिस कमिटीको सदस्यहरुले आज अलिपुरद्वार डिभिजनका विभिन्न रेल स्टेशनहरु परिदर्शन गर्ने क्रममा आज न्यू हाँसीमारा रेल स्टेशनमा आईपुगेका थिए। स्टेशनमा पुगेका प्यासेञ्जर सर्भिस कमिटीको प्रतिनिधिहरू किशोर संभार र बेबी चेङ्कीले रेल स्टेशनमा पिउने पानीको सुविधा सरसफाई र शौचालयको स्थिति परिदर्शन गरिएको जनाएका छन।
आज यस क्रममा प्यासेञ्जरहरुसित कमिटीको सदस्यहरुले रेल स्टेशनको सुविधाहरुबारे जानकारी लिएको थियो भने यसलाई मध्यनजर राखेर आगामी दिनमा अझै उन्नत परिसेवा दिने लक्ष्य भारतीय रेलवेको रहेको प्यासेञ्जर सर्भिस कमिटीको सदस्यहरुले जनाएका छन्।