मदर टेरेसाको ११२औँ जन्म जयन्ती पालन

कालचिनी: आज विश्व प्रसिद्ध मदर टेरेसाको आज ११२औँ जन्म जयन्ती विभिन्न चर्च औ संस्थानहरुमा पालन हुने क्रममा कालचिनीमा पनि आज समाजवसेवी पासाङ लामाको उपस्थितिमा मदर टेरेसाको प्रतिकृतिमा माल्यार्पण र धुपदीप प्रज्वलन गर्दै तिनको जन्मदिन पालन गरिएको थियो।
मदर टेरेसाको जन्मदिन केवल क्रिस्चियनले मात्र नभएर तिनलाई आज सम्पूर्ण धर्म तथा समुदायले सम्झणा गरेको र यो कुनै देखावटी र प्रचारको लागि नभएर साँचो र सत्यवादी प्रतिरुपको सम्मान गर्न जन्मदिन पालन गरिएको ताकि सबैको मनमा दया र करुणाको भावना जागृत होस भन्ने सन्देश दिनलाई पनि मदर टेरेसाको प्रतिकृतिमा माल्यार्पण गर्दै तिनको जन्मदिन पालन गरिएको समाजसेवी पासाङ लामाले जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement