सिलगढी: गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा स्पेसल टास्क फोर्सका अधिकारीहरूले करिब आठ करोड रुपियाँको प्रतिबन्धित कप सिरप बरामद गरेका छन्। हिजो, गोप्य स्रोतहरूबाट प्राप्त जानकारीको आधारमा, सिलगढी विभाग परिषद अन्तर्गत विधान नगर मुरलीगञ्ज चेकपोस्ट नजिकै एउटा ट्रकलाई नियन्त्रणमा लिइएको थियो र खोजी गरिएको थियोl त्यसपछि चालकलाई जाँच गर्न सोध्दा ट्रकमा ठूलो मात्रामा प्रतिबन्धित कप सिरप फेला पर्यो।

वैध कागजातहरू सोध्दा उनले देखाउन सकेनन्। सोही कारण पुलिसले उनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेको नाम अबु तियार अलि बताइएको छ। पक्राउ परेका असमका बासिन्दालाई आज सिलगढी उच्च अदालतमा पेश गरिएको थियो भने उनले झारखण्डबाट कप सिरप तस्करी गर्न खोजिरहेको आरोप छ। यसमा अन्तरराज्य लागुऔषध ओसारपसार गर्ने गिरोहको संलग्नता रहेको पुलिसको अनुमान छ। यो लागुऔषध ओसारपसारमा अन्यको संलग्नबारेमा पुलिसले खोजी शुरु गरेको छ।










