जलपाईगढी: जलपाईगढी जिल्लाको धुपगढी मिलपाडा कोस्मो बजार क्षेत्रमा टोटो र स्कुटी एक आपसमा ठोक्किँदा दुई महिला पुलिस र एक नानीसहित ६ जना गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई धुपगढी अस्पताल लगिएको छ। दमकल र पुलिस घटनास्थलमा पुगे। घटना जलपाईगढी जिल्लाको धुपगुरी मिलपाडा कोस्मो बजार क्षेत्रमा भएको हो। टोटो चालकले आफ्नो नियन्त्रण गुमाएर स्कुटीलाई ठक्कर दिँदा एक महिला सिभिक भोलेन्टियर र नानीसहित ६ जनाको गम्भीर घाइते भएका हुँदा धुपगढी अस्पताल लगिएको छ।