बिराटनगर: मोरङबाट प्रहरीले चोरी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। शुक्रबार साँझ विभिन्न स्थानमा चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका ८ बस्ने विजय चौधरी, विराटनगर महानगरपालिका २ बस्ने मनिष मण्डल र बुढीगंगा गाउँपालिका २ बस्ने किशोर खड्कालाई प्रहरीले पक्राउ गरेको हो।









