गाईघाट: तिहार मनाउन परिवार सहित नेपाल राष्ट्र बैंकको गाडीमा घर हिडेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकको गाडी उदयपुरमा दुर्घटना भएको छ।
गाडीको ठक्कर बाट मोटरसाइकल चालकको ज्यान गएको छ। उदयपुरको बेल्टार बजार नजिकै पुलछेउमा प्रदेश १, १०५००१प ८८४९ नम्बरको मोटरसाइललाई ठक्कर दिदा चालक तिलक राईको मृत्यू भएको हो।
मोटरसाइकलको पछाडी बस्ने शरण राईको अवस्था पनि गम्भीर रहेको बेल्टार प्रहरीका इन्स्पेक्टर बबिन राईले जानकारी दिए। गम्भीर घाइते भएका राईको उदयपुरमा उपचार हुन नसकेपछि विराटनगर पठाइएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ।
घटना नवंबर १ अपरान्हको हो। काठमांडूबाट पूर्वतर्फ जादै गरेको बागमती प्रदेश ०२६च५०६२ नम्बरको हुण्डाई क्रेटा गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकल भने बेल्टारबाट गाईघाटर्फ जादै गरेको थियो।
सो गाडीमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे र उनको परिवार सवार थिए। गाडी नेपाल राष्ट्र बैंककै नाममा छ। कार्यकारी निर्देशक घिमिरे राष्ट्र बैंकको गाडीमा परिवारै लिएर तिहार विदा मनाउन र हिडेका थिए।
दुर्घटनाबाट मोटरसाईकल र गाडी दुबैमा गम्भीर क्षति पुगेको इन्स्पेक्टर राईले जानकारी दिए।