अर्बपति तथा विश्वका सफल मानिसहरुले आफ्नो सफलता पछाडिको कारणको रुपमा आफ्नो राम्रो आनीबानी पनि भन्ने गरेका छन्। सफलताको एउटा प्रमुख कारण आनीबानी पनि हो। सफल मानिसहरु राम्रो आनीबानीलाई सधैं फलो गर्छन् र त्यसैको नियममा बाँधिइरहेका हुन्छन्। व्यक्तिगत र व्यवसायिक जीवन अगाडि बढाउनका लागि समेत आदतको महत्वपूर्ण भूमिका हुन्छ। धेरै सफल मानिस आफूलाई निकै ख्याल गर्छन् र आफ्नो ज्यानदेखि अफिसलाई समेत फिट राख्ने कुरामा निकै सचेत हुन्छन्। कतिपय मानिसहरु चाहि आफ्नो सुविधाका लागि कयौं कुरा छाडेर अगाडि बढिरहेका हुन्छन्। विश्वकै सबैभन्दा कान्छा शक्तिशाली नेटवर्कर दीप पटेलले आफ्नो किताबमा यस्तै केही बानीको बिषयमा बताएका छन्, जसलाई तपाईले समेत तुरुन्त त्यागिदिनुपर्ने हुन्छ। तीमध्ये यहाँ ६ आनीबानीको विषयमा बताउन गइरहेका छौ, जसलाई धनी र सफल बन्न चाहने मानिसले आफ्नो लाइफस्टाइलबाट हटाइदिनुपर्ने हुन्छ।
आफूलाई शंका गर्न छाड्नु: यो सबैभन्दा नकारात्मक बानी हो, जसलाई हामीले आफ्नो लाइफस्टाइलबाट हटाइहाल्नुपर्छ। यो बानी कायमै रह्यो भने हामीले देखेको सपना पूरा हुनको साटो उल्टो टुट्न चाहि थाल्छ। त्यसकारण आफैंमाथि कहिल्यै शंका नगर्नुहोस् र आफ्नो नकारात्मक भावना तथा विचारलाई तर्कको आधारमा सुल्झाउने कोशिश गरिराख्नुहोस्।
उपयुक्त समयको प्रतिक्षा गर्नु: यस्तो कुनै समय हुँदैन, जसलाई सही समय भनियोस्। हामीले सम्भावित जोखिमको पहिलादेखि नै आँकलन गर्नुपर्ने हुन्छ, तर जुन समय हामी पहिलादेखि नै गर्न चाहिरहेका हुन्थ्यौ,त्यसका लागि कुनै समय पर्खिएर बस्नुहुन्न। यस्तो काममा आफूलाई समय आउला र गरौंला भनेर रोक्ने भूल नगर्नु।
पढ्नु: नयाँ नयाँ जानकारी हासिल गर्नु एक निरन्तर प्रक्रिया हो। त्यसकारण सफल मानिस कहिल्यै पनि पढ्न छाड्दैनन्। उनीहरु पढ्छन्, मानिसहरुसँग कुरा गर्छन् र विश्वमा के भइरहेको छ भन्ने बिषयमा आफूलाई अपडेट गरिरहेका हुन्छन्।
बोल्ने मात्र, काम चाहि नगर्ने: हामीले बोलेर वा सोचेर मात्र हुँदैन। हावामा महल बनाएर केही हुनेवाला छैन। हामी कहिल्यै पनि अगाडि बढ्न सक्दैनौ, जबसम्म हामीले सोचेको वा बोलेको कुरा गर्दैनौ। त्यसकारण जे काम गर्छु भनेर योजना बनाएका हुन्छ, त्यसलाई तुरुन्तै थालिहाल्नु पर्छ।
कुनै लक्ष्य नहुनु: मानिसको एउटा निश्चित लक्ष्य हुन आवश्यक छ। हामीसँग आफ्नो जिन्दगीको एक ब्लूप्रिन्ट हुनुपर्छ। यसबाट हामीलाई लामो समयसम्म सहयोग प्राप्त हुन्छ।
काममा फोकस नहुनु: हामी आफ्नो काममा निरन्तर जोडिइरहनुपर्छ। काममा जिद्धी ढंगले निरन्तर लागिरहनुपर्छ। मानिस सफल बन्नका लागि लगातार काम गर्नुपर्छ र काममा फोकस भइराख्नुपर्छ।