अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको फालाकाटामा ५ वर्षीया बालिकाको दुष्कर्मपछि हत्या गरेको समाचार सार्वजनिक भएको छ। यसबाट आक्रोशित भएका मानिसहरूले अभियुक्तलाई कुटपिट गरेको ‘पनि समाचार छ। यस घटनालाई लिएर फालाकाटामा व्यापक तनाव छ। स्थानीय स्रोतबाट प्राप्त जानकारी अनुसार शुक्रबार साँझ ५ वर्षीया बालिका खेल्दै थिइन्। उनी घर नजिकैका अन्य बालबालिकासँग खेल्दै थिइन्। तर अचानक उनी बेपत्ता भइन्। त्यसपछि उनीसँगै खेलिरहेका अन्य बालबालिका पनि गए। केही समयपछि आमा र परिवारका सदस्यले उनको खोजी गर्न थाले। यसैबीच एक ४५ वर्षीय पुरुष रगतले लतपतिएको हात खुट्टा धुँदै गरेको देखियो। मानिसहरूले उसलाई समातेर सोध्न थाले। केही समयपछि बालिकाको पाइन्ट उनको घरबाट बरामद भयो। तर पनि बालिका भेटिएन। खोजी गरेपछि बालिकाको शव नजिकैको पोखरीमा भेटियो। यसपछि मानिश्हरू निकै रिसाए। उनीहरुले ४५ वर्षीय अभियुक्तलाई समातेर रुखमा बाँधेर आक्रोश पोखे। मानिसहरूको कुटाइले आरोपीको पनि मृत्यु भएको समाचार। यसैबीच घटनास्थल पुगेका पुलिसलाई पनि मानिसहरूले विरोध जनाए। दुष्कर्मीलाई पनि यस्तै सजाय हुनुपर्ने स्थानीयको भनाइ छ। प्रहरीले यस विषयमा कानुनबमोजिम कारबाही शुरु गरेको छ।