भारतको पहिलो ईनिंग्समा २६३ रन

IMG-20241102-WA0220

मुम्बई: न्यूजील्याण्डविरुद्ध जारी तेस्रो तथा अन्तिम क्रिकेट टेस्ट म्याचमा भारतले पहिलो ईनिंग्सको आधारमा २८ रनको मामूली बढ़त हासिल गऱ्यो। शनिवार म्याचको दोस्रो दिन भारतको पहिलो ईनिंग्स २६३ रनमा समाप्त भयो। यसअघि न्यूजील्याण्डले २३५ रन बनाएको हुनाले भारतलाई पहिलो ईनिंग्सको आधारमा २८ रनको बढ़त प्राप्त भयो। शुक्रवारको स्कोर ४ विकेटमा ८६ रनदेखि अघि खेल्दै भारतले आज १७७ रन जोड़ेर रहल ६ विकेट गुमायो। वानखेड़े स्टेडियममा न्यूजील्याण्डका स्पिनर एजाज पटेलको निम्ति फेरि भाग्यशाली साबित भयो, जसले भारतको पहिलो ईनिंग्समा सर्वाधिक ५ विकेट हासिल गरे। यसमा शुभमन गिलको विकेट पनि सामेल छ, जो केवल १० रनले गर्दा शतकदेखि वञ्चित भए। गिलले १४६ बल खेलेर सर्वाधिक ९० रन बनाए। यसमा ७ वटा चौका र एउटा छक्का सामेल छ। यसबाहेक रिषभ पन्तले आक्रामक मिजासमा खेल्दै ६० रन बनाए। उनले ५९ बल खेलेर ८ वटा चौका र २ वटा छक्का लगाए। यी दुईबाहेक वाशिंगटन सुन्दरले अविजित ३८ रनको योगदान दिए। न्यूजील्याण्डका बलरहरूमा पटेल बाहेक म्याट हेनरी, ग्लेन फिलिप्स र ईश सोढ़ीले १-१ विकेट लिए। आज बिहानको सेशनमा भारतलाई शुक्रवार अविजित रहने गिल र पन्तको जोड़ीले असाधारण शुरुवात दिलायो। यी दुईजनाले पाँचौं विकेटको निम्ति ९६ रनको पार्टनरशीप गरे। अर्द्धशतक पूरा गरेर आत्मविश्वासको साथ खेलिरहेका पन्तलाई आउट गरी सोढ़ीले यस पार्टनरशीपलाई तोड़े। त्यसपछि भारतले रविन्द्र जडेजा (१४ रन) र सरफराज खानलाई लगातार गुमायो। सरफराजले त खाता पनि खोलेनन्। शतकको नजिक पुगेर गिल पनि आउट भए। त्यहाँबाट वाशिंगटन सुन्दरले केही आक्रामक शट्हरू खेलेर टीमलाई २६३ रनसम्म पुऱ्याए। सुन्दरले ३६ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement