सिलगढी: फाँसीदेवास्थित श्री श्री सार्वजानिक कालीपूजामा आज रक्तदान शिविर तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ। सङ्कलन गरिएको रगत उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा पठाइने काली पूजाका आयोजक समितिले बताए।

चित्रकला प्रतियोगितामा तीन विधामा करिब एक सय २० जनाको सहभागिता रहेको थियो।