बिराटनगर: मोरङको विराटनगरको एक पार्टी प्यालेसमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित १० जना जुवाडे पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा शुक्रबार राति विराटनगर महानगरपालिका-११ स्थित संगम पार्टी प्यालेसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र पाँच सेट ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
पक्राउ परेकाहरू:
१) जिल्ला मोरङ विराटनगर महा नगर पालिका ११ बस्ने वर्ष ६१ को राजन कडेल
२) ऐ.ऐ. १२ बस्ने वर्ष ४१ को टुनटुन शर्मा
३) ऐ.ऐ. ११ बस्ने वर्ष ५७ को पशुपति भगत
४) ऐ.ऐ. १२ बस्ने वर्ष ४७ को सुरेन्द्र ठाकुर
५) ऐ.ऐ. ११ बस्ने वर्ष ५० को विरेन्द्र साह
६) ऐ.ऐ. ३ बस्ने वर्ष ५५ को ध्रुव सिग्देल
७) ऐ.ऐ. ५ बस्ने वर्ष ५५ को मनिराज प्रसाई
८) ऐ.ऐ. १२ बस्ने वर्ष ५० को बाबुराम कटटेल
९) ऐ.ऐ. १२ बस्ने वर्ष ४६ को लिला सहनी
१०) ऐ.ऐ.११ बस्ने वर्ष ५९ पदम श्रेष्ठ (पाटी प्यालेस संचालक)