म्याराडोना मेमोरियल कप फूटबल टुर्नामेण्ट हुने

IMG-20241102-WA0167

दार्जीलिङ: घूम जोरबंग्लो युनाइटेड क्लबको तत्त्वावधानमा म्याराडोना मेमोरियल कप फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। घूम स्कूल ग्राउण्डमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ३००० रुपियाँ तोकिएको छ। टीमको नाम पञ्जीकरण गराउने अन्तिम मिति तेस्रो नोभेम्बर रहेको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५०००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। सम्पर्क विवरण आयोजक समितिद्वारा जारी सर्कुलरमा उपलब्ध रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement