केवल दुईजना खेलाड़ी रिटेन गरेको विषयमा रिकी पण्टिंगले दिए स्पष्टीकरण

IMG-20241102-WA0161

नयाँ दिल्ली: नवनियुक्त पञ्जाब किंग्सका मुख्य प्रशिक्षक रिकी पोण्टिंगले खेलाड़ीहरूलाई कायम राख्नको निम्ति फ्रेञ्चाइजीको रणनीतिमाथि चर्चा गरे अनि यस सालको अन्तमा आईपीएल २०२५-को मेगा लिलामीको निम्ति योजनाहरूको रूपरेखा तयार गरे। पोण्टिंग र पञ्जाब किंग्सले केवल दुईजना अनक्याप्ड खेलाड़ी प्रभसिमरन सिंह र शशांस सिंहलाई टीममा कायम राख्ने फसेला गऱ्यो। यो अष्ट्रेलियाई दिग्गजको साहसिक कदम हो, जसमा दक्षिण अफ्रिकाका दिग्गज पेस बलर कगिसो रबाडा, ईंग्ल्याण्डका स्टार अलराउण्डर सेम कुरेन र भारतका अर्शदीप सिंहलाई छोड़्नु पऱ्यो। अष्ट्रेलियाका पूर्व कप्तान पोण्टिंगले पञ्जाबसँग जमीनी स्तरबाट एउटा नयाँ टीम बनाउनलाई उत्साह व्यक्त गरेका छन्। उनले भने, म एउटा नयाँ शुरुवातलाई लिएर सबैभन्दा धेर उत्साहित छु। यसको शुरुवात आजको रिटेन्शन सूचीबाट हुन्छ। हाम्रो रणनीति स्पष्ट छ। हामी केवल दुईजना अनक्याप्ड खेलाड़ी अनि अहिलेसम्मको सबैभन्दा ठूलो पर्सको साथ लिलामीमा प्रवेश गर्नेछौं। यसले हामीलाई पूरा टीम बनाउने सुविधा प्राप्त हुनेछ।
पोण्टिंगले पञ्जाब किंग्सको निम्ति क्रिकेटको एउटा नयाँ ब्राण्डलाई अप्नाउने आफ्नो दृष्टिकोण साझा गरे, जो २०१४ पछि आईपीएल प्लेअफ्-मा पुग्न सकेको छैन। पोण्टिंगले भने, पञ्जाब किंग्समा केही नयाँ कोचिंग स्टाफ सामेल भएका छन्। मेरो निम्ति प्राथमिकता यस फ्रेञ्चाइजीलाई बद्लिने रहेको छ। यो अलग होस् अनि परिणामहरूमा स्पष्ट बद्लाउ आएको म चाहन्छु। हाम्रो टीम आईपीएलमा सबैभन्दा गतिशील र मनोरञ्जक बनोस् भन्ने म चाहन्छु।
यसको साथमा पोण्टिंगले केएल राहुल, रिषभ पन्त र श्रेयस अय्यर जस्ता केही हाई प्रोफाईल खेलाड़ीहरूलाई उनीहरूका फ्रेञ्चाइजीद्वारा रिलीज गरिएकोमा आश्चर्य व्यक्त गरे। पोण्टिंगले भने, लिलामीमा धेरै रोमाञ्चक खेलाड़ी उपलब्ध छन्। श्रेयस अय्यर, रिषभ पन्त र केएल राहुल लिलामीमा ओर्लिनेछन् अनि यो आश्चर्यको कुरा हो। मेरो विचारमा केही फ्रेञ्चाइजीहरू बद्लाउको लक्ष्य लिएर अघि बढ़िरहेको छ। पोण्टिंगले एउटा सन्तुलित टीम बनाउने महत्त्वमाथि प्रकाश पार्दै भने, प्राथमिक लक्ष्य तय गर्नु जरूरी छ। तपाईं कति खर्च गर्नु तयार हुनु हुन्छ भन्ने जान्नु जरूरी छ। लिलामीको निम्ति सही रणनीति चाहिन्छ। त्यसपछि हामी कोचिंग स्टाफले टीमलाई अघि बढ़ाउन सक्नेछौं।

About Author

Advertisement