जहीर खान र ईशान्त शर्मालाई पछि छोड़े जडेजाले

IMG-20241102-WA0149

मुम्बई: अनुभवी स्पिनर रविन्द्र जडेजा पूर्व क्रिकेटर जहीर खान र ईशान्त शर्माको पेस बलिंग जोड़ीलाई पछि छोड़ेर टेस्ट प्रारूपमा भारतको तर्फबाट तेस्रो सर्वाधिक विकेट लिने बलर बनेका छन्। न्यूजील्याण्डविरुद्ध तेस्रो टेस्ट म्याचको पहिलो दिन जडेजाले असाधारण बलिंग गरेर सबैको मन जिते। उनले २२ ओभर बलिंग गरेर ६५ रन खर्च गरी ५ विकेट लिए। यस प्रभावशाली प्रदर्शनको साथ उनले टेस्ट क्रिकेटमा भारतका अग्रणी विकेट लिने बलरहरूका सूचीमा जहीर खान र ईशान्त शर्मालाई पछि छोड़े। जडेजाले अहिलेसम्म टेस्ट क्रिकेटमा ३१४ विकेट लिएका छन्। न्यूजील्याण्डविरुद्ध तेस्रो टेस्ट म्याच शुरु हुन अघिसम्म जहीर र ईशान्त आफ्नो यादगार करियरको अवधि ३११-३११ विरकेट लिएर जडेजाभन्दा अघि रहेका थिए। पूर्व लेग स्पिनर अनिल कुम्बले ६१९ विकेटको साथ टेस्ट क्रिकेटमा भारतको तर्फबाट सर्वाधिक विकेट लिने बलर हुन्। भारतको निम्ति टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक ५५३ विकेट लिने रेकर्ड रविचन्द्रन अश्विनको नाममा रहेको छ। यसरी कपिल देवले ४३४ र हरभजन सिंहले ४१७ टेस्ट विकेट लिएका थिए। शुक्रवार उत्कृष्ट बलिंगपछि जडेजाले भने, टेस्टमा भारतको निम्ति फाइफर लिनु सदा विशेष हुन्छ। टीमको निम्ति योगदान दिन सकेर खुशी छु। गर्मीमा बलिंग गर्नु सजिलो थिएन। वाशिंगटनले असल बलिंग गरे अनि सबैले आफ्नो भूमिका निर्वाह गरे। एउटा बलिंग एकाईको रूपमा हामीलाई सामूहिक प्रयासको आवश्यकता छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement