मुम्बई इण्डियन्सले रिटेन गरेपछि खुशी जसप्रीत बुमराह

IMG-20241102-WA0133

नयाँ दिल्ली: आईपीएल २०२५-को निम्ति मुम्बई इण्डियन्सले आफ्नो पेस बलर जसप्रीत बुमराहलाई रिटेन गरेको छ। यसपाली १८ करोड़ रुपियाँमा रिटेन गरिएपछि यस शीर्ष खेलाड़ीले फ्रेञ्चाइजीमा अझ ३ सालसम्मको यात्रा तय गर्ने मौका प्राप्त हुँदा खुशी व्यक्त गरेका छन्। फ्रेञ्चाइजीद्वारा जारी एउटा भीडियोमा बुमराहले भनेका छन्, रिटेन गरिएपछि खुशी लागिरहेको छ। म १९ सालको किशोरको रूपमा यहाँ आएको थिए। अहिले म ३१ सालको हुन गइरहेको छु। यसैकारण यो एउटा सम्पूर्ण यात्रा रह्यो। मलाई खुशी छ कि यात्रा जारी रह्यो अनि यसभन्दा असल अनुभव अरू केही हुन सक्दैन। म यहाँ आउँदा खेलका सबै दिग्गजहरू रहेका थिए अनि म धेरै प्रश्नहरू गर्ने गर्थे। अहिले अलि-अलि गर्दै भूमिका बद्लिरहेको छ। अहिले टीममा धेरै युवा खेलाड़ीहरू छन्, जो मभन्दा ८-९ साल सानो छन्। यसैकारण मलाई सहायता गर्नमा खुशी अनुभव हुन्छ कारण यहाँ शुरुवात गर्दा मलाई पनि धेरै सहायता प्राप्त भएको थियो। यसैकारण म सदा सहायता गर्न तयार रहन्छु अनि आफ्नो हरसम्भव योगदान दिने कोशिश गर्छु। उल्लेखनीय छ, मुम्बई इण्डियन्सले आईपीएल २०२५-को निम्ति मेगा लिलामी अघि रोहित शर्मा, कप्तान हार्दिक पाण्ड्या, बुमराह, सूर्यकुमार यादव र तिलक वर्मालाई रिटेन गऱ्यो।
मुम्बई इण्डियन्सको निम्ति आईपीएल २०२४ निराशाजनक रह्यो अनि हार्दिक पाण्ड्याको कप्तानीमा टीम लीगमा सबैभन्दा तल्लो स्थानमा रह्यो। हार्दिकलाई गत सीजनमा रोहितको स्थानमा टीमको कप्तान बनाइएको थियो। टीमको निराशाजनक प्रदर्शनले गर्दा कप्तान हार्दिकले विभिन्न स्थानहरूमा आलोचनाको सामना गर्नु परेको थियो। हार्दिक-रोहितबीच नेतृत्व मुद्दाहरूले गर्दा यस साल मुम्बई इण्डियन्सका प्रशंसकहरू फ्रेञ्चाइजीसँग निराश देखिएका थिए। यसबारे बुमराहले भने, हामी अतीतमा सफल रहेका छौं अनि च्याम्पियनशीप कसरी जित्नु पर्छ भन्ने हामीलाई थाहा छ। यसैकारण हामी अब आफ्नो गल्तीहरू सुधारेर सकारात्मक रहनु पर्नेछ। सकारात्मक प्रगतिको साथ असल परिणाम अघि आउने आशा छ। भीड़ तपाईंको पछि रहँदा राम्रो लाग्छ। विशेषगरी वानखेड़े स्टेडियममा खेल्ने अनुभव सदा यादगार रहन्छ। स्टेडियम भित्रको ऊर्जा र जीवन्तता हेर्न लायकको हुन्छ। यस्तो माहोल अधिकांंश स्थानमै देख्न पाइँदैन। बुमराहले अझ भने, मलाई आफ्नो क्षमतामाथि पूर्ण विश्वास छ अनि सानो छँदादेखि नै यस्तै छु। म केवल एकजना क्रिकेटर बन्न चाहदिन थिएँ। म अधिक योगदान दिन अनि विशेष काम गर्न चाहन्थे। यसैकारण म आफ्नो हिस्साको ओभरहरूलाई जिम्मेवारीको रूपमा हेर्छु। खेलमा हारको सामना गरेपछि तपाईंले फेरि शून्यबाट शुरुवात गर्नु पर्छ अनि यही यस खेलको सुन्दरता हो। उल्लेखनीय छ, यस साल भएको आईसीसी टी२० वर्ल्ड कपमा प्लेयर अव् द टुर्नामेण्ट रहने बुमराहले २०१३-देखि आईपीएलमा १३३ वटा म्याच खेलेर १६५ विकेट लिएका छन्। अहिले उनी लसिथ मलिंगापछि सर्वाधिक विकेट लिने बलर हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement