देवकुमार खाती स्मृति नक्आउट फूटबलः आमुक्त परिवार फाइनलमा

२६ अगस्त: बन्दाखेती स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा आमुक्त परिवारले फाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा शुक्रवार भएको पहिलो सेमिफाइनल म्याचमा आमुक्त परिवारले मालिभिट्टा एफसी-लाई १-०-ले पराजित गऱ्यो। म्याचमा एकमात्र गोल गर्ने विजेता टीमका नगेन्द्र राई (नन्दु)-लाई प्लेयर अव् द म्याच चयन गरियो। अब २८ अगस्तको दिन खेलिने दोस्रो सेमिफाइनलमा समर्पण फाउण्डेशन र मेचे बस्तीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल ४ सेप्टेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement