सिमुलबारी गोल्ड कपः मिक्स अप् बोइज प्री-क्वार्टर फाइनलमा

२६ अगस्तः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा मिक्स अप् बोइज, खरसाङले प्री-क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। सिमुलबारी खेल मैदानमा शुक्रवार खेलिएको म्याचमा मिक्स अप् बोइजले स्पोर्ट्स जोन, जलपाइगढ़ीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अल्केश तामाङले ३८औं र ४७औं मिनटमा २ गोल गरे। यसबाहेक विशाल राईले चौथो मिनटमा १ गोल गरे। विजेता टीमका अभिनय थापालाई प्लेयर अव् द म्याच चयन गरियो। उनलाई तक्निकी कमिटीका सदस्य एचके लामाको बाहुलीबाट ट्रफी प्रदान गरियो। मिक्स अप् बोइजले अब १ सेप्टेम्बरको दिन खेलिने प्री क्वार्टर फाइनलमा एमएमएफसी, निरपानियाँको चुनौती स्वीकार्नेछ। अब शनिवार खेलिने म्याचमा परिमल नगर स्पोर्टिंग क्लब र कञ्चनजंघा फूटबल क्लब (केएफसी)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल १३ सेप्टेम्बरमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement