गान्तोक: तिहारको अवसरमा आफ्नो घरमा बिजुली बत्ती लगाउने क्रममा चिप्लिएर लड्दा एक महिलाको मृत्यु भएको घटना पश्चिम सिक्किम अन्तर्गत देन्तामको हो।
पुलिस रिपोर्ट अनुसार, घरमा बिजुली बत्ती लगाउने क्रममा एक ४० वर्षीय महिलाको लडेर मृत्यु भयो।सो महिलालाई गेजिङ जिल्ला अस्पताल लगिएको थियो, जहॉं डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए। अहिलेसम्मको जॉंचमा कुनै प्रकारको गडबडीको पत्तो लाग्न सकेको छैन भने मामिला दर्ता गरि जॉंच शुरू गरिएको छ।










