‘बबी’मा डिम्पल कपाडियाको आइकोनिक पहिरन

00-1-Dimple

मुम्बई: डिम्पल कपाडियाले राज कपूरको फिल्म बबीबाट बलिउडमा डेब्यू गरेकी थिइन्। यो फिल्ममा डिम्पलले आफ्नो अभिनयले दर्शकहरूमा गहिरो छाप छोडेकी थिइन्। यो फिल्ममा उनको लुकको धेरै चर्चा भएको थियो। फिल्ममा देखिएको उनको पोल्का डटेड ब्लाउज आज पनि हिन्दी सिनेमाको सबैभन्दा आइकनिक पोशाकहरूमध्ये एक मानिन्छ। हालै दिएको एउटा अन्तरवार्तामा डिम्पल कपाडियाले कसरी राज कपूरले फिल्म बबीका लागि उनको लुक तयार पारेका थिए भन्ने कुरा बताएकी छिन्। ‘भोग इण्डियालाई दिएको अन्तरवार्तामा डिम्पलले भनिन्, ‘बबी एक आइकनिक फिल्म थियो। राज कपूर एक विशेष निर्देशक थिए। उनले मेरो पुरै लुक तयार पारेका थिए। मेरो निधार धेरै सानो थियो, त्यसैले राज कपूरले मेरो हेयर स्टाइल परिवर्तन गर्ने निर्णय गरे। उनले मेरो हेयरलाइन बदलिदिए, जसले मलाई निकै दुःख दियो।‘ उनले अझ भनिन्, ‘राज कपूरले मेरो सबै लुगा विदेशबाट ल्याउँथे। उनलाई आर्चीज कमिक्स धेरै मनपर्थ्यो। ‘बबीमा देखिएको आइकनिक लुक आर्चीज कमिक्सका पात्रहरूमा आधारित थियो।‘डिम्पलले प्रायः आफ्नो पहिलो फिल्मका सम्झनाहरू शेयर गरिरहेकी हुन्छिन्। उनले भनिन्, ‘मेरो बाबु चुन्नीभाई कपाडिया फिल्म इन्डस्ट्रीका धेरै मानिसहरूलाई चिन्दथे। त्यतिबेला एक जना प्रख्यात निर्देशक उनका साथी थिए।‘ डिम्पल कपाडियाले यो स्मरण गरिन् कि उनले राज कपूरसँग बबीफिल्म मागेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement