राजेश कुमार सिंहले ग्रहण गरे रक्षा सचिवको पदभार

PIC1CLKA

नयाँ दिल्ली: राजेश कुमार सिंहले १ नोभेम्बर २०२४ मा नयाँ दिल्लीको साउथ ब्लकमा रक्षा सचिवको रूपमा पदभार ग्रहण गरे। उनी केरला क्याडरका १९८९ ब्याचका आईएएस अधिकारी हुन्। उनले २० अगस्त २०२४ मा विशेष कार्य अधिकारी (रक्षा सचिव) को पदभार ग्रहण गरेका थिए। कार्यभार सम्हाल्नु अघि राजेश कुमार सिंहले नयाँ दिल्लीस्थित राष्ट्रिय समर स्मारकमा शहीदहरूलाई पुष्पाञ्जली अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरे। उनले भने, ‘देश सधैं मातृभूमिको सेवा गर्न आफ्नो सर्वोच्च बलिदान दिने वीर सैनिकहरूको ऋणी रहनेछ। वीर सैनिकहरूको असाधारण बहादुरी र बलिदानले भारतलाई एक सुरक्षित र समृद्ध राष्ट्र बनाउनका लागि हाम्रो शक्ति र प्रेरणाको स्रोत हो।‘ यसअघि राजेश कुमार सिंहले २४ अप्रेल  २०२३ देखि २० अगस्त २०२४ सम्म वाणिज्य र उद्योग मन्त्रालयको उद्योग र आन्तरिक व्यापार प्रवर्द्धन विभागका सचिवको रूपमा कार्यभार सम्हालेका थिए। त्यसअघि, उनले मत्स्य पालन, पशुपालन र डेरी मन्त्रालयअन्तर्गत पशुपालन र डेरी विभागका सचिवको पदमा कार्य गरेका थिए।

उहाँले केन्द्रीय शहरी विकास मन्त्रालयमा निर्माण र शहरी यातायात, आयुक्त (भूमि)- डीडीएमा निर्देशक, पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्रालयमा संयुक्त सचिव, कृषि, सहकारी र किसान कल्याण विभागमा संयुक्त सचिव र भारतीय खाद्य निगमका मुख्य सतर्कता अधिकारीजस्ता थुप्रै महत्त्वपूर्ण पदहरूमा कार्य गर्नुभएको छ। उनले राज्य सरकारमा शहरी विकास सचिव र हालै केरला सरकारका वित्त सचिवजस्ता महत्त्वपूर्ण पदहरूमा पनि कार्य गरेका छन्। राजेश कुमार सिंहले आन्ध्र प्रदेश क्याडरका १९८८ ब्याचका आईएएस अधिकारी गिरिधर अरमानेलाई स्थान लिनेछन्, जो ३१ अक्टोबर २०२४ मा सेवानिवृत्त भएका छन्। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement