सड़क दुर्घटनामा परेर दुईजना व्यक्तिको मृत्यु

IMG-20241101-WA0164

गुवाहाटी: गुवाहाटीको दिसपुर थाना क्षेत्रस्थित खानापाड़ामा दुईवटा स्कर्पियो वाहनहरू आपस्तमा ठोक्किएर दुर्घटनाग्रसत हुँदा एकजना युवती सहित दुईजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने दुईजनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गरिएको छ।पुलिसले शुक्रवार बतायो, गए राती खानपाड़ा नजिक फार्म गेट क्षेत्रमा गणेशगुड़ीदेखि आइरहेको सेतो रंगको (एएस- ०१ ईजी ०८२०) जीएस रोडदेखि साइन्स म्यूजियम तर्फ जाने रोडमा मोड़िने क्रममा खानपाड़ादेखि गणेशगुड़ी तर्फ गइरहेको कालो रंगको स्कर्पियोसित ठोक्कियो। दुर्घटना यतिसाह्रो भयानक थियो कि दुर्घटनापछि स्कर्पियो फ्लावरको सिँढ़ीसित ठोक्कियो। कालो रंगको स्कर्पियो पनि पूर्ण रूपले क्षतिग्रस्त भयो। घटना अवधि कालो रंगको स्कर्पियोमा चालक सहित दुईजना युवती सवार थिए। अघिल्लो सीटमा चालकसितै बसेकी युवती र चालकको घटनास्थलमै मृत्यु भयो। जबकि पछिल्लो सीटमा बसेकी अर्की युवती र सेतो रंगको स्कर्पियोका चालकलाई गम्भीर अवस्थामा गुवाहाटी मेडिकल कलेज एवं असपतालमा भर्ती गरिएको छ। दीपावलीको अवसरमा कालो रंगको स्कर्पियोलाई तीन दिनअघि खरिद गरिेको थियो। पुलिसले दुवै शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदएिेको छ। घटनाको सम्बन्धमाा पुलिसले एक प्राथमिकी दर्ता गरी सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement