धरान: मोरङको केराबारी घर भएका एक जना सुनसरीको धरानबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित बिहीबार साँझ पक्राउ परेका छन्।
केराबारी गाउँपालिका-५ का १८ वर्षीय आकाश लिम्बू धरान उपमहानगरपालिका-२ भानु चोकबाट पक्राउ परेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले बा ८० प १२२३ नम्बरको मोटरसाइकलमा सवार लिम्बूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लिम्बूको साथबाट ३.४० ग्राम खैरो हेरोइन बरामद भएको छ। उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।
२५ किलो गाँजा बरामद
उदयपुरको बेलका नगरपालिका-८ हात्तीसुँडेबाट लागुऔषध गाँजा बरामद भएको छ। प्रहरीका अनुसार दिउँसो २५ किलोग्राम गाँजा बरामद गरिएको हो।
गाँजा कसले भण्डारण गरेर राखेको थियो भनेर खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।