बेलबारी: मोरङको बेलबारीमा शुक्रबार बिहान अलपत्र अबस्थामा भेटिएको कछुवालाई स्थानीय बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहको जिम्मा लगाईएको छ।
समुहका कर्मचारी तथा पशुपँक्षि उपसमितिका संयोजक भत्तबहादुर गुरुङको रोहबरमा सो कछुवा बेतना सिमसारमा संरक्षणका लागि छोडिएको हो। सो कछुवा बेलबारी ३ का संजय सेवेदी,किशोर कार्की,राजन प्रसाई,बिष्णु जमरकटटेल बेलबारी २ का किशोर भण्डारी लगायतले बेतना सिमसार पुर्याएर संरक्षणका लागि जिम्मा लगाएका हुन्।