पोखरा: सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नै सन्तानहरूलाई रवि र बालेनको समर्थन गर्नबाट रोक्न नसकेको स्वीकार गरेका छन्। बिहीबार एकीकृत मालेको बागमती प्रदेश समितिले काठमांडूमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै नेता गुरुङले यस्तो धारणा राखेका हुन्। उनले भने, ‘हाम्रा छोराहरु रविको समर्थनको जुलुसमा छन्। छोरीहरू रवि र राष्ट्रिय स्वतन्त्र पार्टी भन्दै हिँडेका छन्। उता छोराहरू बालेनको साइबर समूहमा छन्,’ सञ्चारमन्त्री गुरुङले भने, ‘त्यहाँ हाम्रो नेताहरुको ध्यान पुगिरहेको छैन्। ’आफ्नै छोराछोरीहरू आफ्नो बुबा आमाको पार्टीप्रतिको विश्वासमा नरहेको कुरा पार्टी नेता कार्यकर्ताले ध्यान दिनु पर्ने पनि उनले बताए।