राज्यमा पहिलो पल्ट आठ दिवसीय इन्द्र जात्रा पर्व पालन गरिने

गान्तोक: राज्यमा पहिलो पल्ट सिक्किम नेवार गुठीले आठ दिवसीय इन्द्र जात्रा पर्व पालन गर्ने भएको छ। उक्त पर्व आगामी २ सेप्टेम्बरदेखि ९ सेप्टेम्बरसम्म पालन गरिने संस्थाका अध्यक्ष निर्मल प्रधानले जानकारी गराए। आज जिरो पोइन्टस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले ७-८ सेप्टेम्बर दुई दिन एमजी मार्गमा विभिन्न प्राकरको प्रतियोगिताको आयोजना गरिने भएको छ भने समापन कार्यक्रम मनन केन्द्रमा हुने। समापन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह मुख्य अतिथिकोरूपमा उपस्थित हुने उनले थप बताएका छन्। यस आठ दिवसीय कार्यक्रम अन्तर्गत विभिन्न प्रकारको प्रतियोगिता आयोजना गरिने भएको छ, जस्तै निवन्ध, लोक नृत्य,नेवारी संस्कृतिक नृत्य, चित्रकला प्रतियोगिता, आचार प्रतियोगिता आदि सामेल रहेको छ। यसरी नै संस्थाले नेवार समुदायको विकास हेतु सेवा पुऱ्याउँदै आएका व्यक्तित्वहरूलाई पनि सो दिन सम्मान गरिने उनले जानकारी गराएका छन्। सिक्किममा इन्द्र जात्रा पर्व वर्ष २००० देखि पालन गर्न शुरू गरिएको आयोजक समितिले बताएको छ। ९ सेप्टेम्बरको दिन भानु उद्यानबाट इन्द्र जात्रा निकालिने भएको छ भने उक्त जात्र तिब्बत पथ, एमजी मार्ग हुँदै मनन केन्द्रमा पुगेर समापन हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement