तीनधारे: खरसाङ खण्ड अन्तर्गत तीनधारेको शंकर निवासमा काली पूजा भक्तिभावको साथमा पालन गरिएको छ। तीनधारेमा काली पूजा विगत १०४ वर्षदेखि लगातार रूपमा पालन गरिन्दै आईरहेको छ। तीनधारेको शंकर निवासस्थित दिव्य ज्योति संघको आयोजनामा विगत धेरै वर्षदेखि काली पूजाको आयोजना भईरहेको छ भने यसपाली पनि यहाँ काली पूजा सम्पन्न भएको छ। यस काली पूजा मुख्य विशेषता पहिला पहिला पशु बलि दिएर गरिन्थ्यो।

यहाँ पूजा आयोजनाको १०४ वर्ष पुगेको छ। उक्त काली पूजाको अवसरमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री विशेष रूपमा उपस्थित भएर पूजा अर्चना गरेका थिए भनी जानकारी प्राप्त भएको छ।