तीनधारेमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती पालन

IMG-20241101-WA0202

खरसाङ: साहित्य कला संस्थान तीनधारेको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती पालन गरिएको छ। तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठन भवनमा आयोजित उक्त कार्यकमलाई साहित्य कला संस्थान तीनधारेको अध्यक्ष रञ्जनकुमार रसाईलीले अध्यक्षता गरेका थिए। कार्यक्रमलाई संस्थानको मूल सचिव सन्तोष लामाले सञ्चालन गरेका थिए। यस अवसरमा संस्थानको अध्यक्ष रञ्जनकुमार रसाईली र संरक्षक पूर्ण मास्केको बाहुलीबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा खदार्पण र धुप दीप प्रज्वलन गरेर कार्यक्रम थालिएको थियो। कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी, साहित्यिक योगदान विषयमा संस्थानको संरक्षक साथै पूर्व शिक्षक पूर्ण मास्केले बताएका थिए। कार्यक्रममा कवि मिलन प्रधानले कविता पठन गरेका थिए। कार्यक्रममा अध्यक्षीय सम्भाषण साथै धन्यवाद ज्ञापन साहित्य कला संस्थान तीनधारेको अध्यक्ष रञ्जनकुमार रसाईलीले राखेका थिए। कार्यक्रममा साहित्य कला संस्थान तीनधारेको सदस्यहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement