खरसाङ: खरसाङ व्यवसाय संगठनको तत्वावधानमा खरसाङ बजारमा “माँ काली”-को पूजा सम्पन्न भइरहेको छ। द्वितीय वर्षको यस पूजा खरसाङ बजारमा आयोजना गरिएको छ। यस पूजामा खरसाङ बजारका सम्पूर्ण व्यवसायीहरूको सहभागिता रहेको छ। खरसाङ बजारमा आयोजित उक्त पूजामा हिजो राती गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। माँ कालीको आशिर्वादले उक्त पूजा भव्यताका साथ सम्पन्न भइरहेको छ भनी खरसाङ व्यवसायिक संगठनका सचिव राजेन्द्रप्रसाद अग्रवालले बताएका छन्।
संगठनका अर्का कर्मठ सदस्य हिरेण त्रिखत्रीले आयोजन स्थल उपलब्ध गराइ दिएकोमा स्थानीय केम्ब्रिज स्कूलका निर्देशक रमेश अग्रवालप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले गत वर्षभन्दा यस पालि पूजामा मानिसहरूको बाक्लो उपस्थिति रहेको छ।

खरसाङ व्यवसायिक संगठनका अध्यक्ष फिरोज अख्तर (बब्लु)- ले विगत २०२० सालमा कोभिड-को महामारीले जुन आतंक फैल्याएको थियो, त्यही महामारीका कारण खरसाङका व्यवसायीहरू पनि डिप्रेशनका शिकार बनेका थिए। यसैले, व्यवसायिक प्रगति तथा मानसिक शान्तिको निम्ति नै उनीहरूले मा कालीको पूजा आयोजना गर्न आरम्भ गरेको जानकारी प्राप्त भएको छ।