पूर्वोत्तर भारतको अरुणाचल प्रदेश राज्य

IMG-20240906-WA0005

भारतको अरुणाचल प्रदेश राज्य पूर्वोत्तर भारतमा पर्ने सेभेन सिस्टरस राज्य मध्ये एक हो। सेभेन सिस्टर्स राज्यहरूमा असम, अरुणाचल प्रदेश, त्रिपुरा, मेघालय, मणिपुर, मिजोरम, नागाल्याण्ड रहेको छ। सेभेन सिस्टर्स राज्यहरूमा अथवा पूर्वोत्तर राज्यहरूमा अरुणाचल प्रदेश सबैभन्दा उत्तरी भागमा पर्ने राज्य हो। यस अरुणाचल प्रदेश राज्यले उत्तरमा चीन राष्ट्र, पूर्वमा म्यानमार राष्ट्र, पश्चिममा भुटान राष्ट्र र दक्षिणमा भारतको नागाल्याण्ड र असम राज्य सित सीमा जोडेको छ। यसरी हेर्दा अरुणाचल प्रदेशको सिमा भारत देशको विभिन्न राज्यहरूसित आफ्नो सीमा  जोड्ने काम गरेको छ भने यस राज्यले तीन वटा देशह सित अन्तर्राष्ट्रिय सीमा पनि जोड्ने काम गरेको छ।

अरुणाचल प्रदेशको राजधानी इटानगर शहर रहेको छ। हिन्दू धर्ममा गंगा नदीपछि सबैभन्दा पवित्र मानिने नदी ब्रह्मपुत्र नदी तिब्बतबाट उत्पत्ति भएर यही अरुणाचल प्रदेश भएर भारत प्रवेश गर्ने गर्दछ। यस अरुणाचल प्रदेश राज्यलाई चीन राष्ट्रले यो राज्य भारतको होइन तर हाम्रो हो भनेर ठोकुवा गर्न गर्दछ तर भारत देशले अरुणाचल प्रदेश कहिले चीन राष्ट्रको थिएन तर अरुणाचल प्रदेश सदैव भारत देशको नै रहेको थियो भन्ने मत राख्ने गर्दछ यसले गर्दा पनि भारत र चीन बिच तनाव कहिले कहीं हुने गर्दछ।अरुणाचल प्रदेश राज्यको स्टेट एनिमल मिथुन रहेको छ जसलाई गयाल पनि भनिन्छ। यो मिथुन भनिने गाई प्रजातिको जनवार पूर्वोत्तर भारतमा धेरै पाइने गरिन्छ विशेष गरी अरुणाचल प्रदेश राज्यमा। यस राज्यको स्टेट बर्ड हर्नबिल रहेको छ। यस अरुणाचल प्रदेश राज्यमा धेरै जंगलहरू भएको कारणले गर्दा यहाँ धेरै राष्ट्रिय निकुञ्ज(नेशनल पार्क) र अभयारण्य(स्याङचुवारी)हरु पाउन सकिन्छ जस्तै नामडाफ राष्ट्रिय निकुञ्ज, मौलिङ राष्ट्रिय निकुञ्ज, सेसा अर्किड( सुनाखरी) ‍‍अभयारण्य, डिबाङ वन्यजन्तु अभयारण्य, पाके टाइगर रिजर्भ(बाघ आरक्ष)। यस राज्यको क्षेत्रफल बारे कुरा गर्दा ८३,७४३ स्कवेर किलोमिटर रहेको छ र यस राज्यको जनसंख्या १२ देखि १३ लाख रहेको छ। अरुणाचल प्रदेशको सरकारी भाषा अंग्रेजी रहेको छ। यससँगै यहाँको मानिसहरूले प्रयोग गर्ने भाषाहरू धेरै रहेको छ जस्तै आदि, आपातानी, मोन्पा, निशी र अन्य धेरै।

यससँगै अरुणाचल प्रदेश जनजाति बहुल राज्य रहेको छ यहाँ धेरै जनजातिहरु बसोबास गर्ने गर्दछन् र सबै जातजातिको आ आफ्नै भाषा, संस्कृति र धर्म रहेको छ। अरुणाचल प्रदेशको लगभग ६५ प्रतिशत आबादी जनजातीय रहेको छ। यस राज्यमा २५ भन्दा धेरै जनजातिहरु रहेको छ यससँगै अन्य धेरै उप जनजातिहरु पनि यस ठाउँमा रहेको छ यहाँको मुख्य जनजातिहरुमा आदी, आपातानी, मसिमी, मोन्पा, निशी, आका, गालो, टाई खम्ती, खोआ, कमान,तारो, इदु‌ , मेन्बा, सारतंग, साजोलाङ, नोक्टे, ताङसा, टुट्सा, वान्छो, सेरडुक्पेन, सिङफो, ह्रुसो, ताङगिन, खाम्बा जस्ता जनजातिहरु रहेको छ। यस राज्यको ८० प्रतिशत भन्दा धेरै क्षेत्रफल वन जंगलले ढाकेको छ। तर विगतका धेरै वर्षहरूदेखि यता यहाँको वन जंगलहरु घट्दै गइरहेको छ जुन कुरा एउटा चिन्ताको विषय बनेको छ। यस राज्यमा ३५ भन्दा धेरै बासहरुको प्रजाति पाउन सकिन्छ, २० भन्दा धेरै धुप्पीहरु को प्रजाती र ४० भन्दा धेरै गुराँसहरुको प्रजाति पनि अरुणाचल प्रदेश राज्यमा पाउन सकिन्छ।

‘कामेग नदी यस राज्यमा पर्ने एकदमै सुन्दर नदी हो जुन नदीको किनारमा पर्यटनहरु वन भोज खेल्न आउँछ, बोटिङको निम्ति एकदमै अनुकूल मान्छन् पर्यटकहरु यस नदीलाई’

यससँगै यस राज्यमा किवी फलको खेती अचेल धेरै हुने गर्दछ। यस राज्यमा धेरै जलविद्युत परियोजनाहरु पनि रहेको छ यसका उदहारणहरु दिबाङ मल्टीपरपोज प्रोजेक्ट, कामेङ हाइड्रो इलेक्टरोनिक प्रोजेक्ट इतियादी रहेको छ। अरुणाचल प्रदेशमा धेरै पर्यटकीय स्थलहरू पनि रहेको छ जस्तै तावाङ मोनाष्ट्री, जिरो भ्याली, सेला पास, बोमडिला, नामडाफा राष्ट्रिय निकुञ्ज इतियादी।अरुणाचल प्रदेश को चीनसित आफ्नो सीमा रहेको हुनाले अरुणाचल प्रदेश भारतको निम्ति संवेदनशील क्षेत्र हो यस क्षेत्रलाई लाइन अफ एक्चुअल कन्ट्रोल भनिन्छ तर चीनले यस कुरा नमानेको हुनाले र सम्पूर्ण अरुणाचल प्रदेशलाई नै आफ्नो मान्ने गर्दछ यसकारणले गर्दा यस क्षेत्रमा कोही बेला धेरै तनावपूर्ण स्थिती पनि हुने गर्दछ। अरुणाचल प्रदेशमा परापूर्व कालदेखि नै जनजाति हरु बस्ने गर्थियो र आजसम्म पनि यस क्षेत्र जनजाति बहुल क्षेत्र नै रहेको छ। यस क्षेत्रमा यहाँका विभिन्न जनजातीय समुदायहरूले आफ्नो जनजातीय क्षेत्र बहुल अनुसार राज्य गरे जस्तै मोन्पा साम्राज्य, मोन साम्राज्य, निशी साम्राज्य, अहोम साम्राज्य इतियादी साम्राज्यहरुको दखल यस क्षेत्रमा रहेको थियो।अरुणाचल प्रदेशमा बौद्ध धर्मको दखल रहेको पनि हामी पाउन सक्छौं।

नियोकुम चाड यहाँको निशी जनजातिले मनाउने पर्व हो यो पर्व खेती पाती गर्दा फसल राम्रो भएकोमा उनीहरूको  देवी देवतालाई धन्यवाद दिने पर्व हो

उत्तरी तिब्बत क्षेत्रबाट यहाँ बौद्ध धर्मको प्रभाव रहेको कुरा मानिन्छ। यस क्षेत्रमा रहेको तवाङ बौद्ध मोनाष्ट्री १७औं ‍शताब्दीमा स्थापित भएको मानिन्छ। १९औ शताब्दी देखि यहाँ ब्रिटिश साम्राज्यको दखल हुनथालेको हो। भारत अंग्रेजी हुकुमतदेखि मुक्त भएपछि यस ठाउँलाई नर्थ इस्ट फ्रन्टियर ट्रयाक भनेर चिनिन्थ्यो र यो ठाउँ केन्द्रीय शासित प्रदेश रहेको थियो। सन् १९७२ मा यस ठाउँलाई केन्द्रीय शासित प्रदेश बनाइएको थियो र सन् १९८७ मा अरुणाचल प्रदेशलाई पूर्ण राज्यको दर्जा भारत सरकारले दिएको थियो। अरुणाचल प्रदेशको साक्षरता दर मात्रै ६५ प्रतिशत रहेको छ जुन देशको साक्षरता दर ७४ प्रतिशत भन्दा कम रहेको छ यसरी हेर्दा अरुणाचल प्रदेशमा साक्षरता दर धेरै कम रहेको छ र यसको निम्ति सरकारलाई काम गर्नु एकदमै अनिवार्य रहेको छ। सन् २०१४ मा यस ठाउँमा पहिलो चाेटी रेल को प्रवेश भएको थियो। तिरप र तेजु भन्ने यस राज्यको ठाउँहरुमा विमानस्थलहरु रहेको छ यसरी हेर्दा रेलवे लाइन पनि अरुणाचल प्रदेशमा आएको धेर भएको छैन।

अरुणाचल प्रदेशमा एउटा ठूलो राजमार्ग बनिरहेको छ जसको नाम ट्रान्स अरुणाचल हाइवे रहेको छ र यस राजमार्गले अरुणाचल प्रदेशको प्रायः जसो सबै ठाउँहरूसित जोड्ने काम गर्छ। अरुणाचल प्रदेशमा रोजगारका यहाँका युवाहरु बाहिर जान बाध्य छन्। ब्रह्मपुत्र नदीलाई यस ठाउँमा दिहाङ नदी भनेर भनिन्छ र यसलाई अरुणाचल प्रदेशको महत्वपूर्ण नदी मानिन्छ। अरुणाचल प्रदेशबाट नै ब्रह्मपुत्र नदी असम राज्यमा प्रवेश गर्ने गर्दछ। यसरी नै अरुणाचल प्रदेशमा अर्को नदी सियाङ नदी पनि रहेको छ जुन नदी यस ठाउँको सुन्दर घाटीहरु भएर बग्ने गर्दछ, राफ्टिङ गर्नको निम्ति यस नदीलाई अनुकूल मानिन्छ। सुबानसरी नदी यस राज्यको निम्ति जलविद्युत् परियोजनाको निम्ति धेरै महत्वपूर्ण नदी रहेको छ। कामेग नदी यस राज्यमा पर्ने एकदमै सुन्दर नदी हो जुन नदीको किनारमा पर्यटनहरु वन भोज खेल्न आउँछ, बोटिङको निम्ति एकदमै अनुकूल मान्छन् पर्यटकहरु यस नदीलाई। यससँगै लोहित र दिवाङ जस्ता महत्वपूर्ण नदीहरू पनि यस राज्य भएर बग्ने गर्दछ। धेरै नदीहरू यस राज्य भएर बग्ने हुनाले यस राज्यको जमीनलाई खेती गर्न को निम्ति अनुकूल मानिन्छ।

‘सी दोनी पर्व तागिन जनजातिद्वारा मनाइने पर्व हो। यो पर्व जनवरी महिनामा मनाउने गरिन्छ यस पर्वमा सूर्य र चन्द्र देवी देवतालाई उनीहरूले धन्यवाद दिने गर्दछन्’

अरुणाचल प्रदेशमा मनाइने चाडबाडहरुबारे कुरा गर्नुपर्दा यस राज्यमा विभिन्न जनजातिहरुको आआफ्नो चाडपर्वहरू रहेको छ, जस्तै यस राज्यको मोनपा जनजातिले लोसार मनाउने गर्दछ जुन लोसार चाड फरवरी र मार्च महिनतिर पर्ने गर्दछ यस चाडलाई तिब्बती नयाँ वर्षको रूपमा मान्ने गरिन्छ। नियोकुम चाड यहाँको निशी जनजातिले मनाउने पर्व हो यो पर्व खेती पाती गर्दा फसल राम्रो भएकोमा उनीहरूको  देवी देवतालाई धन्यवाद दिने पर्व हो। जिरो म्युजिक फेस्टिवल यस पर्व अरुणाचल प्रदेशको जिरो भ्यालीमा मनाउने गरिन्छ यो पर्वमा त्यहाँको जनजाति हरुले आफ्नो लोक सांस्कृतिक नाच गान गर्ने गर्दछन् यो पर्वमा देश विदेश बाट गायक हरु आएर पनि आफ्नो प्रस्तुति दिने गर्दछ। सी दोनी पर्व तागिन जनजातिद्वारा मनाइने पर्व हो। यो पर्व जनवरी महिनामा मनाउने गरिन्छ यस पर्वमा सूर्य र चन्द्र देवी देवतालाई उनीहरूले धन्यवाद दिने गर्दछन् र ती देवी देवताहरूबाट आशीर्वाद माग्ने गर्दछन् र अहिलेसम्म उनीहरूलाई आफ्नो जीवनमा विग्न बाधादेखि टाडा राखिदिएकोमा ती देवी देवताहरुलाई धन्यवाद प्रकट गर्ने गर्दछन्। मोपिन अरुणाचल प्रदेशको गालो जनजातिद्वारा मानिने पर्व हो यस पर्व कृषि जीवनसित सम्बन्धित रहेको छ। सोलुङ पनि अरुणाचल प्रदेशको आदि जनजाति ले मनाउने पर्व हो। उक्त पर्व सेप्टेम्बर महिनामा मनाइने गरिन्छ। यो पर्व पनि कृषि सित सम्बन्धित रहेको छ। यस पर्वमा उनीहरूले जनजातीय परम्पराअनुसार बनिएको जाँड खाने गर्दछन्। यससँगै यस राज्यमा रेह र साङ्केन जस्ता पर्वहरू पनि मानिने गरिन्छ। यससँगै ख्रीष्टमस, बुद्ध जयन्ती जस्ता पर्वहरू पनि यस राज्यमा खुबै धूम धाम ले मानिने गरिन्छ।

अरुणाचल प्रदेश राजमा बसोबास गर्ने मानिसहरूको धर्म बारे कुरा गर्नुपर्दा यस राज्यमा मात्रै एउटै धर्मको आधिपत्य भएको पाइँदैन तर यहाँ धेरै धर्महरूको प्रभाव रहेको पाइन्छ। यस राज्यमा ३० प्रतिशत जति जनसंख्या इशाई धर्मावलम्बीहरु छन्।अरुणाचल प्रदेशमा इशाई धर्मबारे कुरा गर्नुपर्दा २०औं  शताब्दीदेखि यस राज्यमा इशाई धर्म फैलिन थालेको हो। यस राज्यमा अधिकांश इशाईहरु रोमन क्याथोलिक मतका इशाईहरु रहेका छन् भने केही प्रोटेस्टेन्ट ब्याप्टिस्ट, प्रेस्बिटेरियन र अन्य अन्य मतहरुका इशाई अनुयायीहरु पनि रहेको छ। यस राज्यमा हिन्दू धर्मको प्रभाव पनि धेरै रहेको छ र यस राज्यको २९ प्रतिशत मानिसहरु हिन्दू धर्मावलम्बीहरु रहेको छ। यससँगै बज्रयान बौद्ध धर्मको प्रभाव पनि यस राज्यमा धेरै रहेको छ र यस राज्यमा ११ प्रतिशत भन्दा अधिक मानिसहरू बज्रयान बौद्ध मार्गीहरु रहेका छन्। दोनी पोलो यस राज्यको आदिम जनजातीय धर्म हो जुन धर्ममा उनीहरूले चन्द्र र सूर्य देवी देवताहरूलाई पुज्ने गर्दछन् यस धर्ममा दोनी पोलो शब्दको अर्थ नै चन्द्र र सूर्य हुने गर्दछ। यस धर्म को अनुयायीहरुलाई प्रकृति पुजक पनि मानिन्छ र तन्त्र साधनाको महत्व यस धर्ममा धेरै रहेको छ। यस दोनि पोलो धर्मका अनुयायीहरु अरुणाचल प्रदेशमा २६ प्रतिशत रहेको छ। यससँगै केही मात्रामा मुस्लिम, सिख र जैन धर्मका मानिसहरू पनि यस राज्यमा बसोबास गर्ने गर्दछन्। हिन्दू पौराणिक ग्रन्थ अनुसार विशेष गरी दुई वटा हिन्दू ग्रन्थहरू कालिका पुराण र महाभारतअनुसार विष्णु भगवानको अवतार परशुरामले यही अरुणाचल प्रदेश हुँदै बगिरहेको ब्रह्मपुत्र नदीमा आएर आफ्नो पाप पखालेका थिए भन्ने मान्यता रहेको छ।

अरुणाचल प्रदेशलाई भारतको पहिलो सूर्य उदय हुने ठाउँ भनेर पनि चिनिन्छ। यस राज्य भारतको सुन्दर राज्यहरू मध्ये एक हो। विभिन्न मीडिया च्यानलहरुदेखि पनि यो राज्य टाढा रहेको छ यस राज्य बारे धेरै खबरहरु आउने गर्दैन र धेरै कुराहरुको विकासदेखि पनि यो राज्य वञ्चित रहेको छ। यसैले सरकारले पनि यस राज्यलाई ध्यान दिएर विकास गर्न तर्फ लगे असल हुने थियो र मीडिया च्यानलहरुले पनि भारतका ठूला ठूला शहरहरुको कुराहरूको समाचार मात्रै नदेखाएर यस राज्यमा के हुँदैछ कसो हुँदैछ भन्ने समाचारहरु देखाए असल हुने थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement