बाली जोगाउने तीन जनामाथि जंगली हात्तीले गर्यो हमला

IMG-20241101-WA0127

जलपाईगढी: जलपाईगढी जिल्ला अन्तर्गत मलबजारको नगरकाटामा बाली जोगिरहेका तीन जनालाई जंगली हात्तीले आक्रमण गरेको छ। जंगली हात्तीको आक्रमणबाट तीनै जना गम्भीर घाइते भएका छन्। जंगल छेउछाउको क्षेत्रमा राती बाली पहरा दिने क्रममा हात्तीले आक्रमण गरी तीनै जनालाई गम्भीर घाइते बनाएको हो। तीनजनाको नाम हलवीरबहादुर, उखा ओराव र पतिराव उराव हुन्। स्थानीय स्रोतका अनुसार घटना डुअर्सको नगरकाटा क्षेत्रको खेरकाटा वन क्षेत्रमा भएको हो। अहिले तीनै जनाको सुल्कापाडा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ। उक्त घटनाले छेउछाउका क्षेत्रमा सनसनी फैलाएको स्थानीय स्रोतका अनुसार दैनिकजस्तै हिजो राती पनि खेरकाटा जंगलको छेउमा रहेको खेतीयोग्य जमिनको संरक्षण गर्दै ती तीनैजनाले पहरेदारी गरिरहेका थिए। त्यही बेला एउटा जंगली हात्ती बाहिर निस्केर तीनै जनालाई आक्रमण गर्‍यो। हात्तीको आक्रमणबाट स्थानीय तीन जना गम्भीर घाइते भएका छन्। खबर पाएलगत्तै स्थानीयले तीनै जनाको उद्धार गरे। तत्कालै तीनै जनालाई नगरकाटाको सुल्कापाडास्थित ग्रामीण अस्पताल लगियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement