मुङलिङ: मुग्लिनबाट बेपत्ता भएकी नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु-२ कोल्हुवामा कक्षा १२ मा अध्ययनरत विपना चौधरीको शव फेला परेको छ।क्याम्पसबाट कक्षा ११ र १२ का विद्यार्थी पिकनिक खान अक्टूबर २८मा तनहुँको बन्दिपुर गएर फर्कने क्रममा नारायणघाट-बुटबल सडक खण्डको तीन नम्बर पुलमा शौच गर्न भनेर गएकी विपना त्यसपछि वेपत्ता भएकी थिइन्।